सुनको भाउ स्थिर
आइतबार, २४ वैशाख २०७४, १२ : ३१
काठमाडौं, वैशाख २४–गत साताभर ओरालो लागेको सुनको भाउ आज भने स्थिर रहेको छ । गत साताको शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही भाउमा कारोवार भइरहेको छ ।
आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साता अन्तर्राष्ट्रिय वजारमा आएको गिरावटसँगै नेपाली वजारमा पनि सुनको भाउ निरन्तर ओरालो लागेको थियो । साताभर सुनको भाउ तोलामा एक हजार ४ सय रुपैयाँ घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण