शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बम बनाउने सामग्रीसहित विप्लव माओवादीका अञ्चल ब्युरो प्रमुखसहित चार पक्राउ

आइतबार, २४ वैशाख २०७४, १२ : ५६
आइतबार, २४ वैशाख २०७४

गौशाला, २४ वैशाख । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

उनीहरुका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई थान, डेटोनेटर छ थान,महोत्तरीको नक्सा, स्थानीय निर्वाचन खारेज गर लेखिएको पर्चा तीन सय थान र नेपाली काँग्रेस पार्टीको स्टिकर दुई सय थान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पक्राउबारे आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिने बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप