कसैप्रति पूर्वाग्रह नराखी काम गर्न निर्देशन
काठमाडौँ, २४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिजाने अनुगमनकर्ताका लागि आज यहाँ आयोजित प्रशिक्षणमा उनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन आयोगको विशेष दूतका रुपमा काम गर्न उनीहरुलाई सुझाव दिए ।
डा यादवले भने, “सबै राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा जुट्नुभएको छ, निर्वाचनको विश्वासनीयता बढाउनको लागि तपार्इंहरुले भूमिका खेल्नुस्, निर्वाचन आचारसहिता पालनामा ध्यान दिनुस्, कुनै उम्मेदवार र दल केन्द्रित भावना नराख्नुस् ।”
खटिएको जिल्लाको संवेदनशीलतालाई बुझेर आयोगको गौरव बढाउने काम गर्न पनि उनले अनुगमनकर्तालाई निर्देशन दिए ।
आयुक्त ईश्वरीप्रसाद पौडेलले मतदान अधिकृत, उम्मेदवार, पर्यवेक्षक र सुरक्षाकर्मीबाट समेत आचारसंहिताको परिधिभित्र रहेको निर्वाचनसँग सम्बन्धित गतिविधि भए नभएको बारे जानकारी लिन खटाइएका अनुगमनकर्तालाई आफ्नो जिम्मेवारीअनुरुपको गोपनीयता राखेर काम गर्न सुझाव दिए ।
उनले भने, “कुनै पनि राजनीतिक दल र ट्रेड युनियनप्रतिको भावनालाई त्याग्नुस्, अन्यथा निजामती सेवामा तपार्इंहरुको भविष्य खतरामा पर्न सक्छ ।”
आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिएका कर्मचारी पनि आचारसहिताको दायराभित्र रहनुपर्ने पक्षलाई हेक्का राखेर आयोगको आँखा र कानका रुपमा जिम्मेवारी पाएका अनुगमनकर्ताले घरआँगनमा सरकार निर्माणका लागि हुने निर्वाचनको ऐतिहासिक महत्वलाई बुझ्नुपर्छ भने ।
ती अनुगमनकर्ताले खटिएका जिल्लामा एक साता जिम्मेवारी सम्हाल्नेछन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण