गरिवी घटाउन पूर्वाधार विकासमा लगानी बढाउने प्रतिबद्धताका साथ एडिबीको बैठक सम्पन्न
शरच्चन्द्र भण्डारी
जापान, २४ वैशाख । एसियाली विकास बैंक (एडिबी) को ५० औँ वार्षिक बैठक एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउन सदस्य मुलुकबीच सहकार्य गर्दै पूर्वाधार विकासमा लगानी बढाउने प्रतिबद्धताका साथ सम्पन्न भयो ।
बैंकको अर्को वार्षिक बैठक फिलिपिन्सको राजधानी मनिलामा आगामी मे महिनाको ३ देखि ६ तारिखमा हुने भएको छ । उक्त बैठक आयोजक राष्ट्रले आजै यहाँ पत्रकारसम्मेलन गरेर ५१औँ बैठकको शीर्षक ‘समावेशी विकासका लागि अर्थतन्त्र र जनताको सम्मिलन’ निर्धारण गरेको बताएको छ ।
एसिया–प्रशान्त क्षेत्रका ४८, ल्याटिन अमेरिकी र अफ्रिकी देशबाहेक विश्वका अन्य मुलुकका १९ अन्य सदस्य गरी ६७ सदस्यीय बहुपक्षीय वित्तीय संस्था एडिबीले कमजोर पूर्वाधार भएका निर्धन देशलाई सघाउने प्रतिबद्धता ५०औँ बैठकमा व्यक्त गरेको छ ।
समापन मन्तव्य व्यक्त गर्दै बैंकका अध्यक्ष ताकेहिको नाकाओले एसिया–प्रशान्त क्षेत्रको समृद्धि सुनिश्चित गर्न गरिबी घटाउने, गुणस्तरीय पूर्वाधार निर्माणमा लगानी बढाउने, निजी क्षेत्रको स्रोत परिचालन गर्ने, विकास–निर्माणका काममा निजी क्षेत्रको संलग्नता विस्तार एडिबीका प्राथमिकता हुन् भने ।
जलवायु परिवर्तन प्राकृतिक विपत्ति जोखिम घटाउने, सामाजिक विकासलाई अझ बढावा दिँदै रोजगारीका अवसर सृजना, प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन, लैङ्गिक समानताको सबलीकरण, क्षेत्रीय सहयोग तथा एकीकरणलाई अझ प्रगाढ तुल्याउने, ज्ञान र सीप विस्तार, बैंकको प्रभावकारिता अभिवृद्धिका लागि मानव संसाधनमा सुधारका साथै सार्वजनिक खरिद र परियोजाना कार्यान्वयनमा पनि आवश्यक सुधार गर्ने प्रतिबद्धता अध्यक्ष नाकाओले व्यक्त गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण