चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४६ प्रतिशत हुने प्रक्षेपण
काठमाडौं, बैशाख २५–संयुक्त राष्ट्र संघले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । राष्ट्र संघ अन्तरगतको एशीया प्रशान्त क्षेत्रका आर्थिक तथा सामाजिक कमिशन ‘इसक्याप’ले सोमबार एक अध्ययण प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दलमलव ४६ प्रतिशत मात्रै हुने जनाएको हो । चालू आर्थिक वर्षमा ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने सरकारको दावी छ । इसक्यापले द्धन्द्धबाट भर्खरै शान्तितर्फ उन्मुख रहेको नेपालले अव भने आर्थिक समृद्धिको क्षेत्रमा धेरै काम गर्न सक्ने पनि विश्वास गरेको छ । सुशासनलाई उच्च प्राथमिकता दिने हो भने नेपालका लागि अवको समय आर्थिक वृद्धिका लागि सुनौलो अवसर भएको ‘इसक्याप’का विशेषज्ञ डा. पोषराज पाण्डेले बताए । प्रतिवेदनमा नेपालको आर्थिक विकासको बाधकको रुपमा भ्रष्टाचारलाई औल्याइएको छ । भ्रष्टाचार नहुने हो भने आर्थिक विकासका लागि अव नेपालमा राजनीतिक वातावरण बनेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा आर्थिक गतिविधि तीव्र रुपमा बढने र त्यसले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने पनि स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण