मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
सारांश
- चीनमा 'मुकबाङ' भिडियो बनाउने क्रममा ३ वर्षीया छोरीलाई अत्यधिक खाना खुवाएको आरोपमा एक दम्पतीको आलोचना भएको छ ।
- ती बालिकाको तौल ३ वर्षको उमेरमै करिब ३५ किलोग्राम पुगेको थियो, जुन सामान्यभन्दा दोब्बरभन्दा बढी हो ।
- सामाजिक सञ्जाल प्लेटफर्महरूले बालिकाका खाताहरू बन्द गरेका छन् र विशेषज्ञहरूले बालबालिकालाई यस्ता सामग्रीमा प्रयोग गर्दा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन् ।
बेइजिङ । पछिल्लो समय सामाजिक सञ्जालमा ‘मुकबाङ’ (धेरै खाना खाएर भिडियो) बनाउने होडबाजी छ । यो २१ औं शताब्दीको सबैभन्दा विवादास्पद सांस्कृतिक प्रवृत्ति बनेको छ ।
तर यसका अनेकौं साइड एफेक्ट देखिन्छ । चीनमा सामाजिक सञ्जालका लागि ‘मुकबाङ’ बनाउने क्रममा आफ्नी तीन वर्षीया छोरीलाई अत्यधिक खाना खुवाएको आरोप लागेपछि एक दम्पतीको व्यापक आलोचना भएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार ‘पेइकी’ उपनामले चिनिएकी ती बालिकाको तौल ३ वर्षको उमेरमै करिब ३५ किलोग्राम (७७ पाउन्ड) पुगेको थियो। सामान्यतया यस उमेरका बालबालिकाको तौल करिब १५ किलोग्राम उपर्युक्त मानिन्छ । बालिकाका अभिभावकले सामाजिक सञ्जालमा ‘३ वर्षकी गोलुमोलु बालिका’ र ‘अचम्मको भोक भएकी बच्ची’जस्ता शीर्षक राखेर भिडियो पोस्ट गर्ने गरेका थिए । ती भिडियोहरूमा बालिकालाई फ्राइड चिकेन, बोसोयुक्त मासु लगायत उच्च क्यालोरी भएका परिकार ठूलो मात्रामा खाइरहेको देखाइएको थियो ।
बालिकाको तौल अस्वाभाविक रूपमा बढ्न थालेपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिभावकको आलोचना गर्दै यस्तो सामग्री बनाउन रोक्न आग्रह गरेका थिए । तर अभिभावकले आफूहरूले छोरीलाई जबरजस्ती खाना नखुवाएको दाबी गरेका छन् । उनीहरूका अनुसार बालिका जन्मँदादेखि नै अरूभन्दा बढी तौलकी थिइन् र उनको भोक पनि स्वाभाविक रूपमा धेरै थियो । उनीहरूले भिडियोबाट हुने आम्दानी खानाको खर्च धान्नसमेत पर्याप्त नभएको बताएका छन् ।
सार्वजनिक दबाब बढेपछि सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्महरूले बालिकाका खाताहरू बन्द गरेका छन् भने अभिभावकले पनि आफ्ना सामाजिक सञ्जाल खाता हटाएका छन् । यो घटनापछि चीनमा सामाजिक सञ्जालमा बालबालिकालाई प्रयोग गरेर दर्शक आकर्षित गर्ने प्रवृत्तिबारे पुनः बहस सुरु भएको छ । बालबालिकालाई ‘मुकबाङ’, ठट्टाका भिडियो वा व्यापारिक प्रचारका लागि प्रयोग गर्दा उनीहरूको स्वास्थ्य, गोपनीयता र मानसिक विकासमा गम्भीर असर पर्न सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण