बरिष्ठ पत्रकार शाक्यको अन्त्यष्टि
ललितपुर, बैशाख २७ – नेपाल पत्रकार महासंघ ललितपुर शाखाका संस्थापक अध्यक्ष एवं केन्द्रीय पार्षद वरिष्ठ पत्रकार धर्मरत्न शाक्यको ८६ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
वि.सं. २००६ सालदेखि पत्रकारिता गर्दै आएका शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष रहेका थिए । स्वर्गीय शाक्यको ललितपुरको शंखमुल घाटमा बुधबार अन्तिम दाहसंस्कार गरिएको छ । त्यसअघि आजै विहान उनको निवासमा आयोजित संक्षिप्त श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासंघ ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेलले स्वर्गीय शाक्यको पार्थिव शरीरमा महासंघको झण्डा ओडाई सम्मान प्रकट गरेका थिए । श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका साथै राजनीतिक दलका नेता तथा पत्रकारहरु समेत पुगेका थिए । स्वर्गीय शाक्यका तीन छोरा छन् । यसैवीच नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै शाक्यकोे निधनले नेपाली पत्रकारिता जगतले एक सिद्धान्तनिष्ठ, व्यावसायिक पत्रकार र महासंघले सक्रिय अभिभावक गुमाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा ६० हजार टन चामल निर्यात गर्दैछ पाकिस्तान
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण