चीनमा ६० हजार टन चामल निर्यात गर्दैछ पाकिस्तान
सारांश
- पाकिस्तानले आर्थिक वर्ष २०२६/२७ मा चीनका ग्वाङ्झाउ र शेनझेन प्रान्तमा ६० हजार टन चामल निर्यात गर्ने भएको छ ।
- पाकिस्तानको राइस एक्सपोर्टर्स एसोसिएसन (आरईएपी) ले चीनका यी दुई प्रान्तसँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि यो निर्यात सम्झौता भएको हो ।
- यस सम्झौताअन्तर्गत करिब ३० करोडदेखि ४० करोड अमेरिकी डलर बराबरको चामल निर्यात हुने अपेक्षा गरिएको छ ।
कराँची । पाकिस्तानले आर्थिक वर्ष २०२६/२७ मा चीनका ग्वाङ्झाउ र शेनझेन प्रान्तमा ६० हजार टन चामल निर्यात गर्ने भएको छ ।
पाकिस्तानको राइस एक्सपोर्टर्स एसोसिएसन (आरईएपी)ले चीनका ती दुई प्रान्तसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेपछि यो निर्यात सम्झौता भएको हो ।
आरईएपीका उपाध्यक्ष जावेद जिलानीका अनुसार नयाँ सम्झौताअन्तर्गत करिब ३० करोडदेखि ४० करोड अमेरिकी डलर बराबरको चामल निर्यात हुने अपेक्षा गरिएको छ । २० सदस्यीय आरईएपी प्रतिनिधिमण्डल जुलाई २८ सम्म चीन भ्रमणमा रहेको र यो भ्रमण निकै फलदायी भएको पनि उनले बताए । जिलानीका अनुसार आर्थिक वर्ष २०२५/२६ मा पाकिस्तानले चीनमा १२ करोड ४० लाख अमेरिकी डलर बराबरको चामल निर्यात गरेको थियो । नयाँ सम्झौताअन्तर्गत पाकिस्तानले बासमती र गैर–बासमती दुवै प्रकारका चामल चीनमा निर्यात गर्नेछ ।
उनले चीनले पाकिस्तानी व्यापारीहरूको मकै निर्यातका लागि दर्ता प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै निकट भविष्यमा पाकिस्तानबाट मकै पनि चीन निर्यात हुने दाबी गरे । आरईएपीका अनुसार कपडा उद्योगपछि चामल पाकिस्तानको दोस्रो ठुलो निर्यात क्षेत्र हो, जसबाट देशको अर्थतन्त्रमा वार्षिक करिब २ अर्ब अमेरिकी डलर योगदान पुग्ने गरेको छ । यस भ्रमणलाई पाकिस्तानको ट्रेड डेभलपमेन्ट अथोरिटी (टीडीएपी)ले सहजीकरण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण