नयाँ शक्ति र संघीय समाजबादीको पोखरामा चुनावी भेला
बुधबार, २७ वैशाख २०७४, १४ : ४९
कास्की, बैशाख २७– संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको संयुक्त गठबन्धनले पोखराको लेखनाथ–१९ लामाचौरमा बुधबार चुनावी भेला सम्पन्न गरेका छ । स्थानीय निर्वाचन मिति नजिकिदै गर्दा चुनावी अभियान अन्तर्गतका भेला तथा घरदैलो कार्यक्रमलाइृ निरन्तरता दिने क्रममा गठबन्धनले लेखनाथमा पनि चुनावी भेला आयोजना गरेको हो ।
भेलामा बोल्दै पोखरालेखनाथ महानगरका मेयर पदका उमेद्वार हुमबहादुर तमुले महानगरलाई एक स्मार्ट सिटीका रुपमा विकास गर्ने र पूर्वाधार विकास, आर्थिक बृद्धि तथा रोजकारी, सुशासन र सद्भावनायुक्त समाजको विकासमा ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियारले पुराना दल वा शक्तिहरुले देशको विकास गर्न र सुशासन कायम गर्न असफल भएका कारण वैकल्पिक धार मसाल चिह्नमा मतदान गरि देश विकासमा हातेमालो गर्न अपिल गरेकी थिईन् ।
भेलामा संघिय समाजवादीका वडा १९ का संयोजक जगन प्रसाद गुरुङ, नयाँ शक्ति कास्की जिल्लाका संयोजक हेमबहादुर थापा, निर्वाचन परिचालन समितिका गिरीप्रसाद गुरुङ, सौगात पोखरेल, लोकदोहोरी गायिका तारा जिसी, वडा १९ का अध्यक्ष पदका उमेद्वार सु. मनबहादुर पुनलगाएतले समुन्नत समाजको परिकल्पनालाई साकार पार्न मसाल चिह्नमा मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण