बुद्ध जयन्तीको दिन लहानमा बन्यो रगतको आहाल !
सिरहा, बैशाख २७ – आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती । तर, आजकै दिन सिरहाको लहान नपा १५ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइएको छ । प्रत्येक बर्ष उभौलि पुर्णिमा अर्थात बुद्ध जयन्तीका दिन राजदेवीमा मेला लाग्ने गरेको छ । मेलामा हजारौ भक्तजनहरु आफ्नो मनोकाक्षा पुरा हुने विश्वासमा बोकाको बलि चढाउने गर्दछन् ।
यो बर्षमात्रै करिव २० हजारको हाराहारीमा बलि दिइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवसथापन समितिका अध्यक्ष अगमलाल चौधरीका अनुसार बर्षेनी बलि चढाउनेको संख्या बढ्दै गएको छ । बर्षेनी भक्तजनको संख्या बढ्दै गएपछि सोहि अनुपातमा बलि पुर्जिको रकम,सुनचाँन्दी र चढाएको नगद पनि बढदै गएको बताइन्छ । अघिल्लो वर्ष मात्रै यो मेलामा १७ लाख भन्दा बढी आम्दानी भएको सरोकारवालाहरुले बताएका छन् । राजदेवी मनिदरमा बलि चढाउन नेपालका सप्तरी सिराहा, महोत्तरीबाहेक भारतको विहार सम्मबाट समेत मानिसहरु आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण