रक्षा मन्त्रीले खुलाए काँग्रेस माअोवादी तालमेलको कारण
चितवन, २७ वैशाख । रक्षामन्त्री बालकृष्ण खाँडले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिल्नु परेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आफ्नो पार्टीको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गराउने जिम्मेवारी काँग्रेसको काँधमा आएको हुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले केहि ठाउँँमा (माओवादी केन्द्र)संग सहकार्य गर्नुपरेको स्पष्ट पारे । मन्त्री खाँडले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रको पक्षधरसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएको बताउँदै निर्वाचनको मनोनयनका समयमा राष्ट्रिय राजनीति फरक प्रशङ्गमा प्रवेश गरेका कारण संयुक्त प्यानल बनाउन नसकेको धारणा व्यक्त गरे । समयमा सहमति गर्न नसकेको स्वीकार गर्दै उहाँले तालमेल गर्ने ठाउँमा काँग्रेस र माओवादी केन्द्रसँग मात्र हुने बताए ।
अहिलेसम्मको साख बचाउनका लागि पनि पार्टीले गरेको निर्णय कार्यान्वयन गर्ने पक्षमा काँग्रेसी कार्यकर्ता लाग्नुपर्ने बताए । मन्त्री खाँडले अहिलेको निर्णय काँग्रेसी कार्यकर्ताका लागि असहज परिस्थिति भए पनि यो एकता मुलुकको रक्षा र संविधान कार्यान्वयनका लागि भएको बताउनुभयो । मुलुकमा देखिएको द्वन्द्व व्यवस्थापनका लागि अहिलेको तालमेल भएको पनि उनले बताए । फरक प्रशङ्गमा सेना सरकारको महत्वपूर्ण सुरक्षा निकाय भएकाले निर्वाचनमा हुनसक्ने खतरालाई मध्यनजर गर्दै परिचालन गरिएको उल्लेख गर्दै मन्त्री खाँडले मतदानस्थलमा कुनै किसिमको अप्रिय घटना हुने सङ्केत पाए सेनाले सुरक्षाको व्यवस्था मिलाउने पनि बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण