पोेखरी खन्दा मूर्ति भेटियो
बुधबार, २७ वैशाख २०७४, १५ : १४
सप्तरी, २७ वैशाख । सप्तरीको पश्चिमी क्षेत्रअन्तर्गत रामनगरको दरकटी गाविस हाल बरसाइन नगरपालिका– २ स्थित एक पोखरीमा माटो खन्ने क्रममा कालो पथ्थरको कलात्मक मूर्ति आज भेटिएको छ । सो नगरपालिकाको चिकनी पोखरीमा जेसिबी लगाएर पोखरी खन्दा करिब तीन देखि चार फिट अग्लो एउटै कालो पथ्थरमा विष्णु, हुनमानजीलगायत आकृति देखिएका विभिन्न किसिमका कलात्मक मूर्र्र्र्ति फेला परेको स्थानीयवासीले जनाकरी दिएका छन् । फेला परेको मूर्तिलाई स्थानीयवासीले रामनगरस्थित एक मन्दिरमा प्रतिस्थापित गराई पूजाअर्चना समेत गर्ने गरेको जनाएको छ । मूर्ति फेला परेको स्थान र मन्दिरमा मूर्ति हेर्नका लागि हजारौंको भिड लागेको स्थानीय रामकुमार यादवले जानकारी दिए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण