शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पर्यवेक्षक आयोगका तेस्रो आँखा हुन– सचिव मैनाली

बुधबार, २७ वैशाख २०७४, १५ : १६
बुधबार, २७ वैशाख २०७४

काठमाडौँ, २७ वैशाख । निर्वाचन पर्यवेक्षण गर्दा प्राप्त सूचनालाई प्रविधिको प्रयोग गरी केन्द्रीयस्तरमा तत्काल पु¥याउने उद्देश्यले हाम्रो इलेक्सन एप सार्वजनिक गरिएको छ । निर्वाचन पर्यवेक्षण मञ्चलगायतका संस्थाको सहकार्यमा तयार गरिएको सो एपको सार्वजनिक गर्दै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले पर्यवेक्षक आयोगका तेस्रो आँखा हुन् भने । पर्यवेक्षणको यो कार्य युवामैत्री र प्रविधिमैत्री छ, त्यसले गर्दा तथ्य तथ्याङ्कलाई प्राप्त गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै उहाँले घर आँगनमा सिंहदरबारको अधिकार पु¥याउने अभियानमा आयोग लागिपरेको बताए । सचिव मैनालीले स्थानीय तहमा निर्वाचित हुने महिला, दलित र अल्पसङ्ख्यकको अनुहार राज्यमा देखिने हुँदा यो निर्वाचन समावेशी भएको बताए ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाल, स्थानीय विकास प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठ, न्युज क्लब अफ नेपालका अध्यक्ष ध्रुव मैनाली, जनता मिडियाका सञ्चालक विश्व बाँस्तोला, मञ्चका महासचिव शोभा भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन पर्यवेक्षकले तटस्थ भएर कार्य गर्नुपर्नेमा जोड दिए ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप