शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं महानगरमा नयाँ शक्तिको प्रचार तीव्र

बुधबार, २७ वैशाख २०७४, १५ : ३५
बुधबार, २७ वैशाख २०७४
काठमाडौं, बैशाख २७ –स्थानीय तह निर्वाचन अन्तर्गत प्रथम चरणको मतदानका लागि तीन दिन मात्र बाँकी रहँदै गर्दा दलहरुले चुनावी प्रचारलाई तीव्रता दिइरहेका छन् । प्रचारप्रसारकै क्रममा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको संयुक्त प्रचार संयन्त्रले काठमाडौंको चुनावी प्रचारलाई अझ तीव्र बनाएको छ । दुई दलीय संयुक्त प्रचार संयन्त्रले मंगलबार बेलुकी अबेलासम्म काठमाडौं महानगरपालिका अन्तर्गतका वडा नं. ३२ र १० का क्षेत्रहरुमा घरदैलो कार्यक्रम गरेको थियो भने बुधबार बिहानैदेखि चाबेलको गणेशस्थान, मित्रपार्क, गुहेश्वरी, गौरिघाटलगायतका क्षेत्रहरुमा घरदैलो अभियान सुरु गरेको छ । घरदैलोमा काठमाडौं महानगरपालिका लागि दुवै पार्टीका साझा उम्मेदवारहरु स्थानीय वडाका उम्मेदवारलगायत प्रचार संयन्त्रका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । नयाँ शक्ति र संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकाबाट प्रमुखमा पवित्र बज्राचार्य र उपप्रमुखमा सबिना अर्याललाई उम्मेदवार बनाएका छन् । घरदैलोका क्रममा उम्मेदवारहरुले स्थानीयबासीहरुसँग काठमाडौंको स्वरुप र अवस्था परिवर्तनका लागि आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप