दोलखा घटनामा संलग्नलाई कारवाही गर्न एमालेको माग
काठमाडौ, बैशाख २७ – नेकपा एमालेले राज्यकै संरक्षणमा दोलखा गौंरीशंकर गाउँपालिकाका आफना पार्टी कार्यकर्तामाथि सांघातिक हमला गरी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कार्वाही गर्न माग गरेको छ ।
घटनामा परी गम्भिर घाइते भएका दिलबहादुर बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगंज पुगेका एमाले महासचिव इश्वर पोखरेलले घटनाप्रति खेद व्यक्त गर्दै घटनामा संलग्न अपराधिहरुमाथि अविलम्ब कडा कार्वाही गर्न सरकारसँग माग गरे ।
उनले माओवादी केन्द्रले अझै हिंसा र हत्याको राजनीतिलाई निरन्तरता दिएको दोलखाघटनाबाट पुष्टि भएको उल्लेख गर्दै सरकारसँग भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन पनि माग गरे ।
एमालेका सचिव प्रदिप ज्ञवालीले राज्यकै संरक्षणमा दोलखामा आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रले हत्या गरेको आरोप लगाए ।
उनले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्दै घटनामा परी मृत्यु भएका आफना कार्यकर्ता कुलबहादुर तामाङका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।
मंगलबार राति गौरीशंकर गाउँपालिका वडानम्बर २ स्थित रेशमडाँडामा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो भने बुडाथोकी घाइते भएका थिए । यता, माओवादी केन्द्रले भने घटनामा परी आफना आधा दर्जन कार्यकर्ता घाइते भएको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण