शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

जेठको पहिलो साता कांग्रेस नेतृत्वमा सरकारः गगन थापा

बुधबार, २७ वैशाख २०७४, १६ : २०
बुधबार, २७ वैशाख २०७४
काठमाडौ, बेशाख २७ –जेठको पहिलो साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने भएको छ । नेपाली कांग्रेस चुनाव प्रचार उपसमितिले बुधबार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गगन थापाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीचको पुर्व सहमति अनुसार नै सरकारको नेतृत्व नेपाली कांग्रेसले लिन लागेको औपचारिक जानकारी दिएका हुन् । बुधबार नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा थापाले संविधान कार्यान्वयन र निर्वाचनका लागि वर्तमान गठबन्धनलाई निरन्तरण दिनु आवश्यक रहेको दाबी समेत गरे । पहिलो चरणको निर्वाचनपछि सरकारको नेतृत्व आफुहरुले गरेपनि दोश्रो चरणको निर्वाचनमा कुनै किसिमको प्रभाव नपर्ने थापाको भनाइ थियो । नेता थापाले संविधान निर्माणमा पुर्याएको योगदानको कदर र प्रदेशको निर्वाचन गरी संसदीय निर्वाचन सम्पन्न गर्नका लागि पनि स्थानीय तहको निर्वाचनको सफलताबाट कांग्रेसले तागत र हैसियत प्राप्त गर्नुपर्ने तर्क गरे । निर्वाचन नजिकिदै गर्दा सरकार विस्तार हुनु तथा पहिलो चरणको निर्वाचनपछि सरकारको नेतृत्व परिर्वतन हुनु लगायतका घटनाक्रमले दोश्रो चरणको निर्वाचन प्रभावित हुनेमा शंका नगर्न पनि नेता थापाको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप