बागलुङमा माओवादीलाई आफ्नैबाट धोका !
बागलुङ, बैशाख २७– बाग्लुङमा पार्टीभित्रको अन्र्तघातका कारण माओबादीको केन्द्र समस्यामा परेको छ । बाग्लुङको बरेङ गाँउपालिका माओबादी केन्द्रका तर्फबाट उम्मेदवार बिहिन बनेको हो । पार्टीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनका लागि टिकट दिएपनि पार्टीका पोलिटब्यूरो सदस्य लिलाबहादुर थापा मगर र प्रदीप थापामगरले टिकट लुकाएर माओबादी केन्द्रलाई उम्मेदवारबिहिन बनाएको पार्टीका केन्द्रीय सदस्य तथा बाग्लुङ पार्टी प्रचार विभाग प्रमुख कृष्णबहादुर केसीले जानकारी दिए । अझ रोचक कुरा के छ भने माओबादी केन्द्र बरेङ गाँउपालिकाका अध्यक्ष समेत रहेका लिलाबहादुर थापाका छोरा प्रदीप थापा नेपाली कांग्रेसको टिकटबाट उम्मेद्वार बनेका छन् । माओबादी केन्द्रकी केन्द्रीय सदस्य तथा सोही गाँउपालिकाकी इन्चार्ज समेत रहेकी चिनीमाया कालामगरले पार्टीको टिकट प्रदीप थापाले लुकाएपछि उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्धवारी दिएकी छिन् । उनले घडी चिन्ह लिएर माओबादीको नारा “माआबादीको नीति, उसकै नेतृत्व” भन्ने अभियानसहित चुनाव प्रचारमा लागेकी छिन् । उनको चुनाव प्रचार कार्यक्रम नेपाली कांग्रेसको टिकटमा उठेका माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रदीप थापाले बिथोलिदिएका छन् । दुईपक्षबीच झडप समेत भएको कृष्णबहादुर केसीले जानकारी दिए । अहिले माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य लिला बहादुर थापा नेपाली कांग्रेको टिकटमा गाँउपालिका अध्यक्ष उठेका आफ्ना छोरोको चुनावी प्रचारमा खटिइरहेका छन् । उनी बैशाख १६ गतेदेखि बाग्लुङमा पार्टीको जिल्ला इन्चार्ज भएर आएका थिए । उनलाई पार्टीको प्रदेश नं ४ ले पठाएको थियो । पार्टीले जिम्मेवारी दिएर पठाएपनि थापाले पार्टीलाई अन्र्तघात गरि पार्टीकै केन्द्रीय सदस्य समेत रहेका छोरालाई नेपाली कांग्रेसबाट उठाएर रुखमा भोट माग्दै हिँडेका छन् । उनले विगतका निर्वाचनमा पनि आर्थिक अनियमितता गरेको पार्टीका कार्यकर्ताहरु बताँउछन् । बाग्लुङमा माओबादीको भोट बढीरहेको र बाम तालमेल गर्दा मोओबादीलाई फाइदा पुग्ने थियो । यसरी चित्रबहादुर केसीको राष्ट्रिय जवनमोर्चासँग तालमेल गर्दा माओवादीलाई ४ नगरपालिका मध्य २ वटा दिने, ६ वटा गाँउपालिकामध्ये ४ वटा दिएर माओबादीले राख्ने सहमति भएको थियो । यस्तै माओबादी केन्द्रले उपाध्यक्ष र उपमेयर गरी ५ पाउने सहमति बनेको थियो । यसरी बाम तालमेल गर्दा माओबादी केन्द्र सबैभन्दा ठूलो दल र बढी पदमा बिजयी हुने कृष्णबहादुरले बताए । बाम तालमेल गर्दा छोरालाई गाँउपालिका अध्यक्षको टिकट नमिल्ने भएपछि पार्टीले दिएको टिकट लुकाएर लिलाबहादुरले कांग्रेको टिकटमा छोरालाई उठाएका थिए । उनी यसअघि मसालबाट माओबादीमा प्रवेश गरेका थिए । मसालसँग तालमेल गर्दा मसालले छोरालाई टिकट नदिने देखेपछि उनले अन्र्तघात गरेर कांग्रेसको टिकटमा छोरालाई उठाएको कृष्णबहादुरले बताए । उनले गाँउपालिकाका लागि आएको टिकट समेत कसैलाई नदिई माओबादी केन्द्रको तर्फबाट उम्मेद्धवार बिहिन बनाएपछि माओबादी केन्द्रका स्थानीय नेता कार्यकर्ता आक्रोशित बनेका छन् । यता पार्टीले भने उम्मेद्वार नभएपनि आफ्नै चुनाव चिन्हमा मतदान गर्न भनेको छ । यसबारे पार्टीले लिलाबहादुरलाई स्पष्टिकरण समेत सोधेको छ । तर जिल्लाबाट उनलाई फिर्ता लगेर कारबाही गर्नुपर्ने स्थानीय नेता कार्यकर्ताले माग गरेका छन् । यसबारे पार्टीको प्रदेश तहमा कुरा गर्दा पनि कारबाही प्रक्रिया अघि नबढेको केन्द्रीय सदस्य कृष्णबहादुर केसीले बताएका छन् । लिलाबहादर थापामाथि कारबाहीको लागि पार्टी हेडक्वाटरलाई समेत पत्र पठाएका छन् । तर कतैबाट पनि सुनुवाई नहुँदा इमान्दार कार्यकर्ताहरु हतोत्साही बनेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण