घरमै मोटरबाटो पुगेपछि स्थानीय खुशी
बुधबार, २७ वैशाख २०७४, १७ : १८
तुलसीपुर,बैशाख, २७– घरै अगाडि मोटरबाटो पुगेपछि तुलसीपुर ८ मालभुङका स्थानीयबासिन्दा खुशीले दंग छन् । गाउँमा शताब्दीऔं देखि मोटरबाटो पुगे पनि गाउँको भित्री क्षेत्रमा पर्ने मालभुङमा अहिले सम्म मोटरबाटो पुगेको थिएन् ।
‘गाउँमा बषौं अघिदेखि मोटर घुँइके पनि हाम्रो टोलसम्म मोटर आउन सक्दैनथ्यो । अहिले बाटो बनेपछि मोटर आउन लागेका छन्’ स्थानीय धनबिर दमाईले भने । तुलसीपुर उपमहानगरपालिकाको वडा बजेट शिर्षक अन्र्तगत ५ लाख र स्थानीय समुदायको एकलाख २५ हजार जनश्रमदानमा ३ सय मिटर लम्बाई र ७ मिटर चौडाईको बाटो निर्माण गरिएको हो ।
सडक निर्माण भएपछि स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य बस्तुहरु निकासी पैठारीका लागि पनि सहज भएको सडक निर्माण उपभोक्ता समितिका सचिव देवराज खड्काले बताए । यसअघि त्यहाँका स्थानीयलाई मोटर चल्ने बाटोसम्म आउन १० देखि १५ मिनेट लाग्ने गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै
-
हेमन्तप्रकाश ओलीको प्रस्ताव : बालेन सरकारविरुद्ध आन्दोलन घोषणा गरौँ
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण