शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बिहीबार, २८ वैशाख २०७४, १२ : ५३
बिहीबार, २८ वैशाख २०७४
राजविराज, वैशाख २८- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय जगनाथ चौधरी रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१त २०८४ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको स७प ७९०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानस्थित एक अस्पतालमा भर्ना गरे पनि उपचारका क्रममा आज मृत्यु भएको इप्रका, कल्याणपुरले जनाएको छ । यता ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सप्तरीकै सुरुङ्गा नगरपालिका–१ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत पर्ने सो ठाउँमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते हुनेमा मोटरसाइकल चालक सुरुङगा नगरपालिका–१ बस्ने सुलेन्द्रराम मोटरसाइकलको पछाडि सवार सुरेन्द्र राम र चन्द्रजित राम रहेका छन् । उनीहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इप्रका, भेडियाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप