रेनोले क्विडका नयाँ कार सार्वजनिक
बिहीबार, २८ वैशाख २०७४, १३ : ०३
काठमाडौं, वैशाख २८– रेनो नेपालद्धारा रेनो क्विड तथा डस्टरको विक्रि सफलता पछि १.० लिटर इन्जिन भएको क्विड ह्याचब्याकको विशेष संस्करण ‘लीभ फर मोर एडिसन’ सार्वजनिक गरेको छ । यसले कम्प्याक्ट ह्याच ब्याक सेगमेन्टका कार खरिद गर्न चाहने ग्राहकका लागि अधिक शक्तिशाली विकल्प प्रदान गर्ने जनाइएको छ।
क्विड आकर्षक, आविश्कारिक, तथा किफायती रहेको जनायएको छ । यो रेनो नेपालका लागि गेम चेन्जर तथा मूल्यवान रहेको कम्पनीले जनाएको छ । क्विडको सफलतालाई निरन्तर कायम राख्ने उत्पादनको सहि प्रतिबद्धता सहित स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन बजारमा अनावरण गरिएको कम्पनीको भनाइ छ । ८ महिना अवधिमा कम्पनीले १ हजार रेनो क्विड तथा डस्टरको विक्रि गरेको जनाएको छ ।
यसको स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन सहित क्विडले ‘लीभ फर मोर’ को चाहनालाई पुरा गर्ने जनाइएको छ । उच्च प्रविधियुक्त इन्जिनले शहरी सडकमा होस वा राजमार्गमा यात्रालाई सहज बनाउँने जनाइएको छ । यसको मुल्य २० लाख ९८ हजारवाट सुरु हुने जनाइएको छ । यसमा ३०० लिटरको बूट क्यापासिटि, एर्गो स्मार्ट क्याबिन, मल्टिपल स्टोरेज स्पेस, अपर सेगमेन्ट बडि डाइमेन्सन, इन्टेरियर स्पेस, सर्भिस पार्ट मर्मत लागत, राईड एण्ड ह्याण्डलिङ, पर्सनलाईजेसन अप्सन लगायतका विषेशता रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण