संविधान संशोधन नभई मधेशमा चुनाव हुन दिँदैनौं : राजेन्द्र महतो
काठमाडौ, बैशाख २८ –राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन बिना तराई मधेशमा कुनै चुनाव हुन नदिने चेतावनी दिएका छन ।
काठमाडौमा आज भएको साक्षत्कारमा राजपाका प्रभावशाली नेता महतोले संविधान संशोधन बिना गरिने चुनाव मधेशी जनतालाई मान्य नहुने बताए । कार्यक्रममा बोल्दै नेता महतोले संविधान संशोधनमा ठूला दलको नियत ठीक नदेखिएको गुनासो पनि गरे । ‘संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्नै लाग्दा राप्रपामा अचानक भएको विद्रोह संशोधन रोक्न भएको ठूलो षड्यन्त्र हो । यस घटनामा राप्रपा मात्र नभएर तीन ठूला दलका मधेशविरोधी नेताहरु पनि सामेल रहेको हुनसक्छ ।’ उपेन्द्र यादव र संघीय समाजवादी फोरम तर्फ इंगित गर्दै राजपा नेता महतोले संविधान संशोधन विनै चुनावमा सहभागी भएर संशोधन मुद्दालाई कमजोर बनाएको आरोप लगाए । संविधान संशोधन लगायत स्थानीय तहको संख्या बढाउने र झुठा मुद्दा फिर्ता लिने काम आगामी ४ गते भित्र नगरे राजपाको नेतृत्वमा संघीय गठबन्धनले कड़ा आन्दोलन थाल्ने महतोको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण