शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

सुनको भाउ तोलामा दुई सय सस्तियो

बिहीबार, २८ वैशाख २०७४, १३ : २५
बिहीबार, २८ वैशाख २०७४

काठमाडौं, वैशाख २८–नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज ५३ हजार ३ सय रुपैयाँमा झरेको हो ।

अन्तर्राष्ट्रिय वजारमा सुनको भाउ निरन्तर ओरालो लागेपछि नेपाली बजारमा समेत भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय वजार भाउका कारण अझै भाउ ओर्लने अनुमान छ । आज चाँदीको भाउ भने तोलाको ७ सय ४० रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप