सिभिल बैंकको नाफा घट्यो
बिहीबार, २८ वैशाख २०७४, १३ : ३०
काठमाडौं, वैशाख २८–चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधीमा अधिकाशं बैंक तथा वित्तिय संस्थाले उल्लेख्य नाफा गरिरहँदा सिभिल बैंकको नाफा भने घटेको छ । बैंकको खराव कर्जा बढेपछि नाफामा गिरावट आएको हो ।
सिभिल बैंकले चालु आवको चैत सम्म १५ करोड ४४ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । सहायक कम्पनी सहित १६ करोड २८ लाख नाफा गरेको बैंकले खुद ब्याज आम्दानी भने ७३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आवको चैत सम्म १९ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा ६१ करोड ५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले ३३ अर्ब ५५ करोड निक्षेप संकलन तथा २९ अर्ब ८० करोड ऋण लगानी गरेको छ । गत आवमा २.१७ प्रतिशत रहेको खराव कर्जा यो बर्ष वढेर ४.६६ प्रतिशत पुगेको छ । बै.कको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण