नेपाली चिया तथा कफी अमेरिकी बजारमा प्रवद्र्धन गरिने
बिहीबार, २८ वैशाख २०७४, १३ : ३२
काठमाडौ, बैशाख २८ – सरकारले नेपाली चिया तथा कफीलाई अमेरिकी बजारमा प्रवद्र्धन गर्ने भएको छ । तयसका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले योजना बनाएको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपालको चिया तथा कफीलाई अमेरिकी बजारमा प्रवद्र्धन गर्न लागि परेको भन्दै अमेरिकी बजारमा नेपाली चियाको माग उच्च रहेको बताए ।
नेपाली चियाको अमेरिकी बजारमा प्रवद्र्धन गर्दै आएको नेपाल टी एलएलसी कम्पनीले विहिबार काठमाडांैंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले नेपाली चियाको अमेरिकी बजारमा प्रवद्र्धन गर्न सकिए नेपालले आर्थिक रुपमा फड्को मार्ने विश्वास पनि व्यक्त गरे ।
उनले विश्व बजारमा नेपाली चियाको माग भएपनि त्यसलाई पूर्ति गर्ने अवस्था भने नेपालमा नरहेको बताए । नेपाल चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादन हुँदै आएको चिया भारतले आफ्नो ब्रान्ड बनाई अन्तराष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण