दुस्मनी भुल्दै रेखा र आर्यन एकै चलचित्रमा
काठमाडौ, बैशाख २८ - एक समय पानी बाराबारको अबस्थामा रहेका कलाकार रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिने भएका छन् ।
सात बर्ष अगाडिको कसले चोर्यो मेरो मन चलचित्र अभिनयपछि मन मुटावका कारण एक साथ पर्दामा नदेखिएका यी कलाकार निर्माणको तयारिमा रहने चलचित्र ‘रुद्रप्रिया’मा एकसाथ देखिन लागेका हुन् ।
रेखा फिल्मसबाट बन्ने ‘रुद्रप्रिया’मा रेखाको अपोजिटमा आर्यन छनौट भएका छन् । बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा आर्यन उपस्थित थिए ।
रेखासँग व्यत्तिगत दुश्मनी कहिल्यै नभएको बताउदै आर्यनले स्क्रिप्टले बोलाएर सँगै अभिनय गर्न लागेको बताए ।
आर्यन र आफ्नो जोडी हलमा नआउँदा चलचित्र क्षेत्रलाई नै घाटा लागेको बताउदै दर्शकका लागि चलचित्र अभिनय गर्न लागेको बताए । आर्यन र रेखाले ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जोडी भएर अभिनय गरेका थिए ।
सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने ‘रुद्रप्रिया’ को छायाँकन जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ भने रिलिज कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ । रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण