शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

छोरी भएका कारण रेणुले टिकट पाएकी होइनन् : प्रचण्ड

बिहीबार, २८ वैशाख २०७४, १४ : ४०
बिहीबार, २८ वैशाख २०७४

बैशाख २८, काठमाडौं– प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर महानगर पालिकाको मेयरका उम्मेदवार रेणु दाहाललाई प्रचण्ड पुत्री भनेर प्रचार गरिएको असन्तुष्टि व्यक्त गरेका छन् । काँग्रेस र माअ‍ोवादीको संयुक्त चुनावी प्रचार सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले रेणु आफ्नै संघर्ष र क्षमताको बलमा राजनीति मैदानमा उत्रिएको बताए ।

‘यहाँको मेयरको उम्मेदवारलाई प्रचण्ड पुत्री भनेर मिडियामा आएको मलाई त्यति मन परेको छैन । उनी पुत्री त हुन नै । तर, पुत्री भएकै कारण उम्मेदवार भएको होइनन् । त्यो भनियो भने उनीमाथि अन्याय हुन्छ ।’ प्रचण्डले भने, ‘उनले बच्चैदेखि गरेको संघर्ष र त्यागको मुल्याङ्क भएको हो । महिला संघको महासचिवको हैसियतमा सवै महिलाको प्रतिनीधित्वको कुरा हो । भूमिगत कालमा कठोर संघर्ष गरेकी छिन् । जनयुद्धको कठोर दिनमा पनि उनले रोल्पा–रुकुम जस्ता जिल्लामा काम गरेकी छिन् । त्यसकारण प्रचण्ड पुत्री भनेर मात्र ब्याख्या गरे उनीमाथि अन्याय हुन्छ ।’

प्रचण्डले पार्टीमा छलफल हुँदै गर्दा आफुले सवै नेता कार्यकर्ताले रेणु आउदा ठिक भने मात्र जानुपर्छ भनेर आफुले सुझाव दिएको पनि बताए । आफ्नै त्याग, पहल, सिर्जनशिलता र क्षमताबाट रेणु भरतपुर महानगरपालिकोको मेयर उम्मेदवार भएको प्रचण्डको भनाई थियो ।

भरतपुर महानगरपालिकामा काँग्रेस र माअ‍ोवादीबीच तालमेल बनेको छ । गठबन्धन अनुसार माओवादीका रेणु दाहाल मेयर र काँग्रेस पार्वती शाह उपमेयरका उम्मेद्वार छन् ।

कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा एउटैै विमानमा सँगै बसेर चितवन भएका थिए ।

चितवन पुगेर प्रचण्डले भने–झिनो मतले जित्ने छुट छैन, भारी मतले जित्नुपर्छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप