प्रधानन्यायाधीशद्वारा नियमविपरित सिलवालको पेसी स्थगन, मनोमालिन्य गरेको आरोप
बिहीबार, २८ वैशाख २०७४, १४ : ५७
राजेश भण्डारी
काठमाडौं, बैशाख २८–बिहीबार विहान ठिक ३ बजेर ३० मिनेटमा ब्युँझिए महान्यायाधिवक्ताको कार्यालयका एक कर्मचारी ।
सरकारको तर्फबाट बहस पैरवी गर्नुपर्ने महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीका लागि डिआईजी नवराज सिलवालको मुद्धामा चासो हुनु स्वभाविकै हो ।
उनले साढे ३ बजे नै सर्वोच्च अदालतको वेभसाईट खोले, अनि साप्ताहिक पेशी सूचि चेक गरे ।
त्यतिन्जेल सर्वोच्चको वेभसाईटमा नवराज सिलवालको मुद्धा दुई नम्बरमा थियो ।
‘एक नम्बरमा दीपक विष्टको मुद्धा थियो, दुई नम्बरमा सिलवालको थियो’ यसरी उज्यालो हुन नपाउँदै पेशी सूचि चेक गरेका ती कर्मचारी भन्छन्, ‘साढे नौ नबज्दै दुई नम्बरको मुद्धा तल सारेर स्थगित गरेको खबर आयो ।’
सर्र्वोच्च अदालतले हरेक शुक्रवार साप्ताहिक रुपमा मुद्धाको पेशि सूचि निकाल्छ । त्यसमा कुन मुद्धा कुन दिन हेर्ने र कति नम्बरमा परेको छ भन्ने खुलाईएको हुन्छ ।
गत २२ गते शुक्रवार निकालिएको पेशी सूचिमा ८४ मुद्धाको सूचि निस्किएको थियो । ८४ थान मुद्धा मध्ये ७६ नम्बरमा रहेको डिआईजी सिलवालको मुद्धा दोस्रो नम्बरमा परेको सूचि सर्वोच्चको वेभसाईटमा अपलोड गरिएको थियो ।
त्यहि सूचिमा रहेका ७७ देखि ८४ नम्बर सम्मको मुद्धा सोहि दिन स्थगित गरिएको थियो, जुन कानुन सम्वत नै रहेको पाईएको छ ।
बिहीबार विहान साँढे ३ बजेसम्म सोहि लिस्ट कायम थियो । तर साढे ३ बजेपछि सिलवालको ठाउँमा सीताराम चौधरीको मुद्धा स्थानान्तरण गरेर सर्वोच्च अदालतले सिलवालको मुद्धा ८४ नम्बरमा झारिदियो ।
‘यो नियमविपरीत छ’ महान्यायाधिवक्ता रमन श्रेष्ठ भन्छन्, ‘दैनिक सूचिमा चढेपछी स्थगित गर्न मिल्थ्यो, तर साप्ताहिक सूचिमै मुद्धाका मान्छे फेर्न पाईँदैन ।’
गत शुक्रवार सार्वजनिक भएको पेशी सूचिको ८४ औं नम्बरमा प्रह्लाद न्यौपानेको मुद्धा सुुनुवाई हुने सूचिमा चढेको थियो, जुन मुद्धा स्थगित भनेर सर्वोच्चले त्यतिवेला नै भनेको थियो । तर अहिले उनै न्यौपानेको ठाउँमा नवराज सिलवालको मुद्धा झारेर स्थगित भएको सूचि अपलोड गर्नु कानुन सम्वत नभएको र प्रधान न्यायाधिशले मनामालिन्य गरेको एकजना बरिष्ठ अभिवक्ताले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण