शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

हामीले चुनावमा भाग लिँदा प्रचण्ड खुसी भएः सीपी गजुरेल

बिहीबार, २८ वैशाख २०७४, १५ : १९
बिहीबार, २८ वैशाख २०७४

काठमाडौं, बैशाख २८– नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले आफूहरुले चुनावमा भाग लिँदा प्रधानमन्त्री प्रचण्ड निकै खुसी भएको तर त्यो खुसी धेरै नटिक्कने चेतावनी दिएका छन् ।

बिहिबार काठमाडौं र ललितपुरका मेयरसँगको परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीले संविधान स्वीकार नगरेको भन्दै तयसलाई असफल बनाउन चाहिँ चुनावमा भाग लिएको बताए ।

उनले चुनावलाई पार्टीले उपयोगको नीतिका रुपमा लिएको भन्दै आफूहरु क्रान्तिकै तयारीमा निरन्तर जुटिरहेको दाबी गरे ।

उनले देशमा लोकतन्त्र भन्दा पनि लुटतन्त्र हावी भएको दाबी गर्दै आइजीपी र प्रधानन्यायाधीश प्रकरण त्यसैको उदाहरण भएको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप