शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

एमाले प्रतिगामी कित्तामा गएकाले माओवादीसँग तालमेलः लेखक

बिहीबार, २८ वैशाख २०७४, १५ : २२
बिहीबार, २८ वैशाख २०७४

काठमाडौ, बैशाख २८ – नेपाली काँग्रेसले ६२ प्रतिशत स्थानीय तहमा आफ्नो पार्टी विजयी हुने दावी गरेको छ । काँग्रेस नेता रमेश लेखकले पार्टीको पक्षमा अभूतपूर्व जनमत देखिएको दावी समेत गरे । पार्टी केन्द्रिय कार्यालय सानेपामा विहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लेखकले चारवटै महानगरपालिकामा पार्टी विजयी हुने विभिन्न जनमत सर्वेक्षणले देखाएको समेत बताए । देशका विभिन्न भागमा गरिएको सुक्ष्म विश्लेषणको आधारमा पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले स्पष्ट बहुमत ल्याउने देखिएको काँग्रेसको दावी छ ।

नेपाली काँग्रेसले संविधान कार्यान्वयन गर्ने कार्यको नेतृत्व पनि नेपाली काँग्रेसले गरेकाले जनताले विश्वास गरेको पनि दावी गरेको छ । नेता लेखकले संविधान जारी गर्ने नेतृत्व गरेको काँग्रेसले संविधान कार्यान्वयनको पनि नेतृत्व गरेकाले जनताले विश्वास गरेको तर्क गरे । उनले एमाले प्रतिगामी कित्तामा गएकाले माओवादी केन्द्रसँग तालमेल गरेर संविधान कार्यान्वयनमा लागिएको पनि बताए । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा जनता उत्साही भएर लागि परेको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप