आगलागीमा परी महिलाको जलेर मृत्यु
बिहीबार, २८ वैशाख २०७४, १५ : ३०
बर्दिया, २८ वैशाख । बर्दियाको गुलरियामा आज दिउँसो भएको आगलागीमा परी एक महिलाको जलेर मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं १० रत्नापुर गाउँको राजेन्द्र मल्लाहको घरमा भएको आगलागीमा परी उनकी अन्दाजी २० वर्षीय बुहारी पुनम मल्लाहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताए । घरका परिवार खेतमा काम गर्न गएका र पुनम एक्लै घरमा भएका बेला आगलागी भएको स्थानीयवासीले बताएका छन् । सदरमुकाम गुलरियादेखि करिब पाँच किलोमिटर दूरीमा रहेको सो गाउँमा भएको आगो गुलरियाबाट गएको दमकल र स्थानीयवासीको सहयोगमा करिब एक घन्टापछि नियन्त्रणमा लिइएको हो । अन्य दुईवटा घर र एउटा गोठमा समेत आगो लागेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण