उद्योग मन्त्रालयले माग्यो १४ अर्ब बजेट
बिहीबार, २८ वैशाख २०७४, १५ : ३९
काठमाडौ, बैशाख २८– उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कम्तिमा १४ अरव ६१ करोड बजेट माग गरेको छ ।
अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहेका बेला उद्योग मन्त्रालयले कम्तिमा १४ अरव ६१ करोड बजेट विनियोजन गर्न माग गरेको हो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा उद्योग मन्त्रालयका लागि ८ अरव २६ करोड सिलिङ तोकेको छ । आर्थिक समृद्धिका विभिन्न कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउन पनि सो बजेट अपुग हुने उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।
विहिबार पत्रकार सम्मेलन गरी मन्त्री जोशीले भने ‘१० वर्ष भित्र मुलुकलाई समृद्ध बनाउने योजना पूरा गर्न अव कम्तिमा १४ अरव ६१ करोड रकम विनियोजन हुनुपर्छ ।’ मन्त्री जोशीले साना उद्योगलाई प्रमोशन गरेर नेपाललाई समृद्ध बनाउने मन्त्रालयको योजना रहेको पनि स्पष्ट पारे । मन्त्रालयले एकल बस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र, काठमाडांै औद्योगिक टावर निर्माण, काठमाडौंमा मनोरञ्जन उद्योगको स्थापना लगायतका कार्यक्रमका लागि तोकिएको सिलिङ भन्दा बढि रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गर्नु परेको पनि स्पष्ट पारेको छ ।
मन्त्री जोशीले दश वर्ष भित्र मुलुकमा रोजगारी समस्या समाधान हुने गरी उद्योग स्थापना गर्न सरकार लागि परेको पनि दावी समेत गरे । उद्योग मन्त्रालयले पूर्वाधार विकास, साना उद्योगको स्थापना, पर्यटन उद्योगहरुको स्थापना गरी नेपाललाई समृद्ध बनाउने योजना अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण