राष्ट्रियता र समृद्धिको पक्षमा एमालेको विकल्प छैन – नेता खनाल
बिहीबार, २८ वैशाख २०७४, १५ : ४१
काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा राष्ट्रियता र समृद्धिको पक्षमा आफ्नो पार्टी उभिएको बताएका छन् । पार्टीको चुनाव प्रचार कमिटी वडा नं १५ ले स्वयम्भूमा आज आयोजना गरेको कार्यक्रममा नेता खनालले विभिन्न समयमा पार्टीले राष्ट्रियताको रक्षा र जनताको स्वाभिमानलाई उचो राख्न गरेका प्रयत्नले आफ्नो पार्टीको विजय सुनिश्चित रहेको बताए ।
उहाँले स्थानीय तहको निर्वाचनप्रति जनतामा देखिएको उत्साहले अब बन्ने स्थानीय सरकारले देशलाई समृद्धितर्फ लैजाने विचार व्यक्त गरे । पार्टीका नेता जीवनराम श्रेष्ठले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनले देशमा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा गति लिने विश्वास व्यक्त गर्दै महानगरमा अब एकीकृत बस्ती विकासको खाँचो रहेको बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण