बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जिल्लाका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन

बिहीबार, २८ वैशाख २०७४, १५ : ४१
बिहीबार, २८ वैशाख २०७४

काठमाडौँ, २८ वैशाख । स्थानीय निर्वाचनमा मतदानका समयमा आउन सक्ने परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले ७५ जिल्लाका सबै स्वास्थ्य प्रमुखलाई परिपत्र गर्दै आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई लक्ष्य गर्दै आकस्मिक सेवाका लागि तयार रहन निर्देशन दिइएको जानकारी दिए ।

उनले भने, “हामीले मतदान हुने दिनसम्म चिकित्सक, स्वास्थ्यकर्मी कसैलाई पनि बिदा वा काजमा नबस्न पत्र लेखेका छौँ । मतदानका समयमा मतदानमा देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै आवश्यक औषधि, उपकरण, एम्बुलेन्स तयारी अवस्थामा राख्न भनेका छौँ ।”

करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जनतामा निकै उत्साह देखिएको छ । दुई चरणमा हुने निर्वाचनको पहिलो चरणअन्तर्गत यही वैशाख ३१ गते प्रदेश नम्बर ३,४ र ६ मा निर्वाचन हुँदैछ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप