बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसको अबको अभियानले समृद्ध नेपाल बनाउँछ – डा कोइराला

बिहीबार, २८ वैशाख २०७४, १५ : ४५
बिहीबार, २८ वैशाख २०७४

पोखरा, २८ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा नेपाली काँग्रेस रहेको बताएका छन् ।

नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि लामो समयदेखि अनवरत सङ्घर्ष गरेको काँग्रेसको अबको अभियान समृद्ध नेपाल बनाउने भएको उल्लेख गरे ।

हिमाल, पहाड र मधेसको एकताबाट नै समुन्नत नेपालको परिकल्पना साकार बन्ने औँल्याउँदै उहाँले नेपाली काँग्रेस सबैलाई मिलाएर लैजाने पक्षमा रहेको बताए ।

नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतले नेपाली काँग्रेसको नेतृत्वमा प्रत्येक श्रमिक तथा मजदुर वर्गका साथै विभिन्न वर्ग र समुदायका आवश्यकता पूरा हुने गरेको बताए ।

नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले अन्तर्राष्ट्रियस्तरको स्वच्छ हराभरा महानगर निर्माणको योजनालाई साकार पारिने बताए ।

उपप्रमुख पदका उम्मेदवार सरस्वती गुरुङले महानगरभित्रका प्रत्येक बस्तीमा विकासको अनुभूति हुने किसिमका कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव सुदीपमोहन भट्टराई, वडा अध्यक्ष पदका उम्मेदवार रामराज लामिछानेलगायतले पोखरा लेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप