बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चितवनमा ओली : कांग्रेस–माओवादीप्रति आक्रामक

बिहीबार, २८ वैशाख २०७४, १५ : ५१
बिहीबार, २८ वैशाख २०७४

चितवन, बैशाख २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका नेताहरु विदेशीका अगाडी लम्पसार परेको आरोप लगाएका छन् । चितवनको भरतपुर महानगरपालिकामा एमाले चितवनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलका नेतामाथि यस्तो आरोप लगाएका हुन् । सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भने –‘राष्ट्रिय एकता, अखण्डतालाई कमजोर बनाउन परिएको लम्पसारले उनीहरुका घुँडामा टाटैटाँटा परेका छन् ।’ माओवादी –कांग्रेस गठवन्धनतर्फ संकेत गर्दै ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको आरोप समेत लगाए । आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने ‘चितवनकै बाँदरमुढे घटनाका घाइते यही छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा जलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाँडमा अझै सुम्लाका डाम छन् ।’ ओलीले यति भनिसकेपछि माओवादीको आलोचना गर्दै कांग्रेस कार्यकर्तालाई उचाल्न समेत भ्याए । सभामा महासचिव इश्वर पोखरेल, नेता सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवाली, उपमेयरको उम्मेदवार दिब्या शर्मा, जिल्ला सचिव पार्वती रावल लगायतले बोलेका थिए । ओली कांग्रेस माओवादीप्रति खनिँदै गर्दा २ किलोमिटरको फरकमा प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवापनि कार्यकर्तालाई सम्बोधन गर्दै थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप