तालमेलले रोचक बन्दै निर्वाचन !
बिहीबार, २८ वैशाख २०७४, १५ : ५३
म्याग्दी, २८ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी रौकनता छाएको छ ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा ७१ हजार ४६३ मतदाता रहेका छन् । वैशाख ३१ गतेको निर्वाचनबाट २३७ जनप्रतिनिधि निर्वाचित हुने छन् । जिल्लामा ७२ वटा निर्वाचनस्थल कायम भएको छ । मुख्य चार राजनीतिक दलले चुनावी तालमेल गरी निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दलले गाउँपालिकाको निर्वाचनलाई भन्दा आठवटा गाविस मिलाएर बनेको बेनी नगरपालिकालाई आफ्नो प्रतिष्ठासँग जोडेका छन् । पहिलो संविधानसभा निर्वाचनमा माओवादी विजयी भएको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा एमालेले जितेको थियो । बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तथा नेकपा (एमाले) र राप्रपाबीच तालमेल भएको छ ।अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले समेत नगरप्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् ।
काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका हरिकुमार श्रेष्ठ नगरप्रमुख र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेल उपप्रमुख पदमा उम्मेदवार बनेका छन् ।
एमाले र राप्रपा गठबन्धनबाट नगरप्रमुखमा एमालेका प्रमोद श्रेष्ठ तथा उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल चुनावी मैदानमा छन् ।
एमालेका श्रेष्ठ बेनी नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने योजना बनाएको बताउछन् ।उहाँले मतदाता भेटघाट, घरदैलो, चुनावीसभालगायत कार्यक्रमलाई तीव्र पारेका छन् ।
काँग्रेस म्याग्दीका सचिव समेत रहनुभएका नगरप्रमुखका उम्मेदवार हरिकुमार श्रेष्ठ नगरपालिकाको सबै बस्तीमा विकासको सञ्चार गराउनु नै आफ्नो प्रमुख एजेन्डा भएको बताउाछन् ।“अझै कुवाकै पानी खानुपर्ने बाध्यता छ, खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रको विकासका लागि योजना बनाएको छु,” उनले भने ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण