युवालाई मिस्टर वल्र्डमा सहभागी हुने अवसर
काठमाडौं, बैशाख २८ – ‘मिस्टर वल्र्ड’मा सहभागी हुन चाहने युवाहरुको लागि एक्सपोज नेपाल डटकमले अवसर दिने भएको छ । ‘मिस्टर नेपाल २०१७’को आवेदन केही दिनका लागि खुल्ला गर्दै सो अवसर दिएको हो ।
बिभिन्न कारणले मिस्टर नेपालमा सहभागी हुन नपाएका युवाहरुको लागि अवसर प्रदान गर्न केही दिनको आवेदन खुल्ला गरिएको आयोजक एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन् ।
मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने युवा खोज्ने उदेश्यले आयोजना हुँदै आएको यो पुरुषहरुको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता हो । १६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाको सहभागिता रहने प्रतियोगिताका प्रतिस्पर्धीलाई स्वमिङ, फुटवल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विधामा प्रशिक्षण समेत दिइने छ ।
चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण