शंखरापुर नगरपालिकाको मेयरका उम्मेदवार मिनेन्द्रकाजी भन्छन्ः जनताका लागि पारदर्शी ढंगले विकासका काम गर्छु
काठमाडौं, बैशाख २८–संविधानसभाको दोश्रो निर्वाचन २०७० मा काठमाडौँ क्षेत्र नं २ बाट सभासदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिस्पर्धा गरेका मिनेन्द्रकाजी श्रेष्ठ स्थानीय तहको निर्वाचनमा पनि मेयरको उम्मेद्धवार बनेका छन् । उनले शंखरापुर नगरपालिकामा राप्रपाका तर्फबाट मेयरको उम्मेद्धवारी दिएका हुन् ।
मेयरमा उम्मेद्धवारी दर्ता गरेसँगै श्रेष्ठले भूकम्प पछिको पुनर्निर्माणको लागि साँखु बजारलाई साँस्कृतिकरुपमा विकास गर्ने र साँखु बजार बाहिरका सम्पूर्ण वडाहरुमा बस्ती विकासको लागि गुरुयोजना बनाएर अघि बढ्ने योजना सार्वजनिक गरेका छन् ।
पुनर्निमार्णका लागि कलात्मक झ्यालहरु र दाचि इँट्टाले बनाउने घरहरुका लागि आवश्यक अनुदान दिने, कर प्रणालीलाई जग्गाको मूल्य अनुसारको लागू गर्ने, भूमिमा वैज्ञानिक भूमी नीति लागू गरि अहिले भैरहेको अन्यौलता हटाइने योजना रहेको उनले बताए । प्रत्येक वडामा बस्तीको लागि कृषियोग्य जमिनको लागि छुट्टाछुट्टै स्थान तोकेर काम गर्ने योजना बनाएको उनको भनाई छ ।
उनले स्थानीय तहको निर्वाचनका लागि प्रमुख चुनावी मुद्दा र नारा “शंखरापुरको लागि हामी सक्छौँ, हामी गर्छौ” बनाएका छन् । उनले भने–“हामीहरु भूकम्प पछिको पुनर्निर्माण गर्छौँ, स्वच्छ खानेपानीको व्यवस्था, राजकूलो र सिंचाईको लागि कूलोको व्यवस्था, साँखुको पहिलेदेखि नै सम्बन्ध रहेको ल्हासा सहरसँग भगिनी सम्बन्ध कायम गर्ने, चीनदेखि अरब भूमिसम्म जाने सिल्क रोड साँखुमा पार्न पहल गर्ने, शालिनदीलाई स्वच्छ अवस्थामै राख्ने, प्रत्येक नागरिकको स्वास्थ्य विमा गरिदिने, एक घर एक रोजगार र एक घर एक स्नातकको नीति अवलम्बन गर्ने लगायतका कार्यहरु हामी गर्नेछौँ ।”
उनले शंखरापुरको जनसंख्या करिब २६ हजार मात्रै रहेकोले धेरै खर्च पनि नहुने भएकोले नगरपालिका आफैले अनिवार्य स्वास्थ्य विमाको लागि आवश्यक रकम अनुदानको रुपमा विनियोजन गर्ने त्यसको लागि आफै स्रोत जुटाउने बताए ।
यस्तै नगरपालिकाको आफ्नै स्वामित्वमा एफ.एम. सञ्चालन गर्ने, नगरपालिकाभरी फ्री वाईफाईको व्यवस्था मिलाउने, ई गभर्नेन्स अवधारणा अनुसारका काम गरिने उनको महत्वकाक्षी योजना प्रस्तुत गरेका छन् ।
जनतामा पहुँच पुग्ने गरी पारदर्शी ढंगले विकास निमार्णका कामहरु गर्ने रस्थानीय जनताहरुको प्रत्यक्ष संलग्नतामा विकास योजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन् । उनले नगरका विभिन्न क्षेत्रमा मोनो रेल रोपवे (केवुलकार) निर्माण एवं सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्ने र पर्यटकीय केबुलकार निर्माणका लागि पहल गर्ने जनाए ।
यस्तै शालिनदी लगायत यस नगरबाट बग्ने सम्पूर्ण नदीहरुलाई स्वच्छ र सफा बनाउन तथा ढल मिसिनबाट बचाउन आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्ने, ढल निकासको उचित व्यवस्थापन गरि सिधै खोलामा मिसाउने प्रवृत्ति निरुत्साहित गरि खोलामा पठाउन अगाडि स्टोरेज एवं फिल्टे«शन गर्ने शंखरापुर नगरपालिकाका बासिन्दाको लागि अनिवार्यरुपमा ६÷६ महिनामा आँखा, दाँत, मृगौला लगायतका अंगहरुको नियमित स्वास्थ्य परीक्षण निशुल्करुपमा गर्ने व्यवस्था मिलाउने, प्रत्येक वडामा सुविधा सम्पन्न निःशुल्क स्वास्थ्य केन्द्र स्थापना गर्ने र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने आफ्ना योजना रहेको श्रेष्ठले बताए ।
यस्तै धार्मिक साँस्कृतिक सम्पदाहरुको यथासक्य संरक्षण सम्वद्र्धन गरि पर्यटकलाई आकर्षित गर्ने गरि सुविधा वृद्धि गर्ने, पर्यटकको सुविधालाई ध्यानमा राखेर होटल र होमस्टेको सञ्चालनको लागि आवश्यक व्यवस्था गर्ने, महिलाहरु पत्रकारिता क्षेत्रमा प्रवेश गराँउन विशेष प्रशिक्षण दिने लगायतका योजना रहेको उनले बताए ।
बालबालिकाहरुलाई नजिकैको स्कुलबाट निःशुल्क एवं गुणस्तरिय शिक्षा प्रदान गर्ने, उच्च शिक्षा हासिल गर्नको लागि नगरपालिकाले छात्रवृत्ति कार्यक्रम लागू गरि अनुदान दिने, आधारभूत तहसम्मको गुणस्तरिय शिक्षा सम्बन्धित विद्यार्थीको मातृभाषाबाट समेत अध्ययन अध्यापन गराई अंगे्रजी भाषामा समेत अध्ययन गर्ने अवसर प्रदान गर्ने, एक घर एक रोजगार, एक घर एक स्नातकको नीति बनाई कार्यान्वयनमा ल्याईने, महिलाहरुको लागि रोजगारमूलक, शीपमूलक तालिम दिएर उनीहरुको आर्थिक उन्नतीको लागि काम गर्ने, प्रत्येक वडामा अन्न भण्डारणको लागि सरकारी र सहकारीसँग सहकार्य गरि काम गर्ने र शीतभण्डारको पनि व्यवस्था गरिने उनको योजना छ ।
२०३८ सालदेखि राजनीति थालेका मिनेन्द्रकाजी २०५४ को स्थानीय निर्वाचनमा काठमाडौँ जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण