बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

माडेलिङ निखारिर्दै नुवाकोटी उषा

बिहीबार, २८ वैशाख २०७४, १६ : २९
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, बैशाख २८ – कलाकारिता प्रति युवाको मोह बढ्दो छ । रंगिन पर्दा भित्र आफुलाई परिचित गराउने सपना देखेर बर्षमा दर्जनौ युवती कलाकारितामा देखिने गर्दछन् । यस्तै सपनाले कलाकारितामा होमिएकी हुन् उषा सुवेदी । नुवाकोट स्थायी घर भएकी उनी अभिनयमा होमिएको धेरै भएको छैन । तर तीन दर्जन बढि म्युजिक भिडियो उनले अभिनय गरिसकेकी छन् । मेहनत र परिश्रमले मानिसलाई सफल बनाउँछ भन्ने बिचार बोकेकी उनको भविष्यमा सफल अभिनेत्री भन्ने लक्ष्य छ । सहयोगी हात बिना एकल प्रयासले सफलताको बाटो पहिल्याउदै गरेकी उनी गीतकार पनि हुन् । उनका सुन्दर शब्दमा १५ वटा आधुनिक तथा लोक गीत बनेका छन् । टेलिभिजनको पर्दामा अरुको अभिनय र नृत्य गरेको देखेर कलामोह पलाएको बताउनै उनी सानोमा स्कुलमा हुने सबै नृत्य प्रतियोगितामा प्रथम हुने गर्दथिन् । परिवारको पूर्ण सहयोग बिना अभिनयमा होमिएकी उनी अहिलेसम्म कसैको प्रेममा रहेको बताउँछिन् । बिबाहको बिषयमा भनिन् ‘कलाकारितामा केहि गरेपछि मात्र विवाह गर्ने योजना रहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप