बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासीमा अझै २ सय ९४ ले बुझाएनन् हतियार

बिहीबार, २८ वैशाख २०७४, १६ : ३२
बिहीबार, २८ वैशाख २०७४
परासी, बैशाख २८– नवलपरासीमा हतियार राख्ने अनुमति पाएका ३ सय ६२ मध्ये ६८ जनाले मात्र प्रशासनलाई बुझाएका छन् । स्थानिय निर्वाचनलाई धाँधलीरहित तथा स्वच्छ वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले बन्दुक तथा हातहतियारको अनुमति लिएका सबै बन्दुकधारीलाई बन्दुक प्रहरी कार्यालयमा बुझाउन पत्राचार गरेको थियो । प्रशासनले पटक पटक बन्दुक बुझाउने पत्रचार गरेपनि जिल्लामा अझै २ सय ९४ जनाले बन्दुक तथा हातहतियार बुझाएका छैनन् । नवलपरासीमा विभिन्न प्रकारको ३ सय ६२ वटा बन्दुक एवं हातहतियार राख्न जिल्ला प्रशासन कार्यालयले व्यक्ति तथा बंैकबित्त संस्थालाई ईजाजत दिएको छ । प्रशासनको अनुमतिमा लिइएका ति बन्दुकहरु निजी तथा बंैक वित्तिय संस्थाको सुरक्षार्थ प्रयोग गरिएको बताइएको छ । प्रशासनले जिल्लामा १२ बोरका २ सय ४२ बन्दुकको लाईसन्स दिएको छ । भने भरुवा ३, कटुई १३, २२ बोरको राईफल ५, १२ र २३ बोरको ३, पेस्तोल १ बृजलोड ८, मेनीचर २ लगायत बिभिन्न देशमा निर्मित बिभिन्न प्रकारका बन्दुकलाई इजाजत दिइएको प्रशासनले जनाएको छ । प्रशासनले अन्तिम पटक कडाईका साथ बन्दुक बुझाउन बैशाख २० सम्ममा बन्दुकहरु बुझाउन परिपत्र गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप