कागेश्वरी–मनोहरा काँग्रेस उम्मेदवारका ५ प्रतिवद्धता
बिहीबार, २८ वैशाख २०७४, १६ : ३६
काठमाडौ, बैशाख २८ – काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिकाका काँग्रेसका मेयरका उम्मेदवार उपेन्द्र कार्कीले नगरपालिकालाई स्वच्छ, सुन्दर र समृद्ध बनाउने प्रतिवद्धता जनाएका छन् । विहिबार काठमाडौंमा काँडाघारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले चुनाव जिते नगरपालिकाका घरघरमा खानेपानीको उचित व्यवस्थापन गर्ने, टोलटोलमा सडक र ढलको व्यवस्था गर्ने, आर्थिक समृद्धिमा जोड दिने लगायतका आश्वासन पनि दिए ।
उम्मेदवार कार्कीले सुशासनलाई जोड दिएर नगरपालिकालाई समृद्ध बनाउने पनि उल्लेख गरे । उनले संविधानले दिएको अधिकारभित्र रहेर नगरपालिकालाई व्यवस्थित बनाउन पनि आफ्नो पार्टीले चुनाव जित्नुपर्ने दावी गरे । नेपाली काँग्रेसले कागेश्वरी मनोहरा नगरपालिकालाई समृद्ध बनाउने पाँच बुदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा खानेपानी, सडक, व्यवस्थित भवन निर्माण, सुशासनलाई उच्च प्राथमिकता दिने उल्लेख गरिएको छ ।
कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले मुलुकको सबै परिवर्तनको नेतृत्वको आफनो पार्टीले गरेकाले स्थानीय तहको निर्वाचनमा पनि जनताले साथ दिने विश्वास व्यक्त गरे । काठमाडांैंको कागेश्वरी मनोहरा नगरपालिकामा २८ हजार मतदाता रहेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण