बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कसले ग¥यो काँग्रेस उम्मेदवारका गाडीमा आगजनी र तोडफोड ?

बिहीबार, २८ वैशाख २०७४, १६ : ३८
बिहीबार, २८ वैशाख २०७४
कास्की, बैशाख २८– सिलसिलेवर रुपमा आफ्ना उम्मेदवारहरुले प्रयोग गर्दै आएका सवारी साधन अज्ञात समूहले तोडफोड र आगजनीभएपछि नेपाली काँग्रेसले त्यसतर्फ ध्यानकर्षण भएको जनाएको छ । उसले त्यस्ता आपराधिक मनोभावना भएका व्यक्तिहरुलाई पहिचान गरि चाँडो भन्दा चाँडो कारबाहिको दायरामा ल्याउन माग समेत गरेको छ । माछापुच्छ«े गाउँपालिकामा दुई गाडीमाथि आगजनी र अन्नपूर्ण गाउँपालिकामा एउटा गाडीमाथि तोडफोड भएपछि काँग्रेसले यस्तो प्रवृत्ति ‘हारको मानसिकता’बाट आएको हुन सक्ने आँकलन गरेको छ । उसले आफ्ना प्रतिद्वन्दिहरुको राजनीतिक ईवि साँध्नका लागि यसो गरेको हुन सक्ने भन्दै त्यो भएको खण्डमा आफु पनि चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ । अज्ञात समूहले माछापुच्छ«े गाउँपालिका वडा नम्बर १ मा काँग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विरेन्द्र गुरुङले प्रचारमा प्रयोग गर्दै आएको ग १ ज ५१४८ नम्बरको गाडीमा मंगलबार राती आगजनी भएको थियो । त्यस्तै त्यसको केहि दिन अगाडि सोहि गाउँपालिकाको वडानम्बर २ मा काँग्रेसकै तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गुञ्जमान गुरुङले प्रयोग गर्दै आएको गाडी पनि अज्ञात समूहले जलाईदिएका थिए । त्यसैगरि अन्नपूर्ण गाउँपालिकामा काँग्रेसकै तर्फबाट वडाअध्यक्षका उम्मेदवारी दिएका जिवनाथ पौडेल चढ्ने गाडीमा समेत अज्ञात समूहले तोडफोड गरेको थियो । माछापुच्छ«े गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका खुशीमान गुरुङले काँग्रेसको माहौल बढ्दै गएपछि चुनाव भाँड्ने योजनासहित विरोधी समूहहरुले यसो गरेको बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय कास्कीले भने गाडी जलाउने समूह अझै पत्ता नलागेको बताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको उसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप