५ वटा असफल अफेयरपछि मागी विवाह गर्दै रणवीर
बिहीबार, २८ वैशाख २०७४, १६ : ४०
एजेन्सी
मुम्बई वैशाख २८ – वलिउड अभिनेता रणवीर कपुर चाँडै विवाह बन्धनमा बाँधिदै छन् ।
भारतीय सञ्चारमाध्यमको दाबी छ, रणवीरको विवाह लण्डनमा रहेका एक नामी परिवारको सदस्यसँग हुँदैछ । उनको मागी विवाह हुन लागेको अनलाइनको दाबी छ ।
उनीहरुलाई भेट्न रणवीरकी आमा नितु सिंह लण्डन समेत पुगेकी थिइन् । तर, यसबारेमा नितु वा रणवीरले केही बोलेका छैनन् ।
अनलाइनका अनुसार नितुलाई पनि ती युवती मन परेको छ । अब विवाहको आधिकारिक घोषणा मात्र हुन बाँकी रहेको बताइएको छ ।
यसअघि ५ वटा अफेयरका लागि चर्चामा आएका रणवीर पाँचवटै अफेयरमा असफल भएपछि आमा नितुले मागी छोराका लागि बुहारी खोजेको बताइन्छ ।
यसअघि रणवीरको अवंतिका मलिक, सोनम कपुर, नन्दिता मेहतानी, दीपिका पाडुकोन र कट्रिना कैफसँग जोडिएको थियो ।
कट्रिनासँग गत सालमात्र उनको ब्रेकअप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण