बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्री गगन थापामाथि औषधि व्यवसायीको हमला

बिहीबार, २८ वैशाख २०७४, १६ : ४०
बिहीबार, २८ वैशाख २०७४
काठमाडौ, बैशाख २८ – औषधि व्यवसायीहरुले स्वास्थ्य मन्त्री गगन थापाले आफूहरुलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन । औषधि व्यवसायीहरुले कतिपय औषधिमा ४ सय देखि २२ सय प्रतिशतसम्म मुनाफा हुने भनि मन्त्री थापाको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको भन्दै आपत्ति पनि जनाएका हुन । विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औषधि आयातकर्ताहरुको संगठन नेपाल औषधि आयातकर्ता संघले हुँदै नभएको मुनाफाको कुरा मन्त्री थापाको वेवसाईटमा उल्लेख गरिएको दावी गर्दै आपत्ति जनाएको हो । संघका महासचिव पवन आचार्यले मन्त्रीजस्तो गरिमामय पदमा रहेर औषधि व्यवसायीहरुलाई कालोबजारीको रुपमा चित्रण गर्न नसुहाउने टिप्पणी गरे । उनले औषधि व्यवसायलाई नकारात्मक प्रभाव पार्ने गरी मन्त्री थापाले भाषणबाजी गर्ने गरेको आरोप पनि लगाए । संघले गुणस्तरीय औषधि सस्तो रुपमा उपलब्ध गराउन सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको दावी पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप