बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको नाफा २२ करोड

बिहीबार, २८ वैशाख २०७४, १६ : ५१
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, वैशाख २८–भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा २२ करोड खुद मुनाफा आर्जन गरेको छ । हाल बैंकको कुल निक्षेप १५ अर्व ६ करोड र कर्जा १३ अर्व ५६ करोड रहेको छ । त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम छन् । डिल्लीवजारमा केन्द्रिय कार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन् । बैंकले बिहीबार आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लुम्विनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडलाई गाभ्दै बिकास बैंकको नाम लुम्विनी बिकास बैकवाट देशब्यापी बैकिंग संजाल बिस्तार गरी आफ्नो सेवा सुरु गर्ने अभिप्राय राखेको छ । बैंकको चुक्ता पुँजी गाभिए पश्चात २ अर्व ३७ करोड १८ लाख ७९ हजार ३ सय ३६ पुग्ने जनाइएको छ । गाभिए पश्चात कायम हुने चुक्ता पुँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद शेयर समेत निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेको समयसिमा भित्रै आफ्नो चुक्तापुँजी २ अर्व ५० करोड पु¥याउने गरी सो विकास बैंक अगाडी वढीे रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप