इस्कोको गोलको मद्दतले रियलले बराबरी गर्यो बायर्नको अभुतपूर्व किर्तिमान
एजेन्सी
म्याड्रिड, वैशाख २८ – रियल म्याड्रिडले फुटबल इतिहासमा फेरि एकपटक आफ्नो नाम दर्ज गरेको छ ।
च्याम्पियन्स लिगको सेमिफाइलनको दोस्रो लेगमा बुधबार एथ्लेटिको म्याड्रिडविरुद्ध पराजित भएपनि रियलले एउटा किर्तिमान भने बराबरी गरेको छ ।
२–१ गोल अन्तरले पराजित भएको खेलमा इस्कोको गोलको मद्दतले रियलले जर्मन क्लब बायर्न म्युनिखले बनाएको लगातार ६१ खेलमा गोल गर्ने किर्तिमान बराबरी गरेको हो ।
बुधबारको खेलमा जिनेदिन जिदानको टोलीले च्याम्पियन्स लिगमा अहिलेसम्मकै खराब शुुरुवात गर्दै १६ औँ मिनेटमा २–० ले पछि परेको थियो ।
पहिलो लेगमा बनाएको ३–० को अग्रता खेर जाने खतरा बढिरहेको थियो । तर, पहिलो हाफ सकिन लाग्दा इस्कोले गोल गर्दै रियलको यात्रा सहज बनाए ।
बायर्नले सन् २०१३ को मार्च १६ देखि २०१४ को अप्रिल ५ वीच खेलिएका सबै ६१ खेलमा गोल गर्दै किर्तिमान बनाएको थियो ।
रियल म्याड्रिडले पछिल्लो पटक गत वर्षको अप्रिलमा म्यान्चेस्टर सिटीविरुद्ध मात्र गोल गर्न सकेको थिएन ।
सेभियाविरुद्ध यो आइतबार गोल गरे रियलले उक्त किर्तिमान तोड्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण