बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

५ केजी चरेससहित तामाङ पक्राउ

बिहीबार, २८ वैशाख २०७४, १७ : १२
बिहीबार, २८ वैशाख २०७४
झापा, बैशाख २८ – संयुक्त प्रहरी गस्ती टोलीले झापाको विर्तामोड नगरपालिका वडानम्बर १ बाट ५ किलोग्राम लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाको संयुक्त टोलीले बिहीबार ५ किलोग्राम लागु औषध चरेश सहित धादिङ गजुरी गा.पा.वडा नं. ४ बस्ने सिंहबहादुर तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय अनारमनीका प्रहरी नायव उपरीक्षक केशव थेवेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप