दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई बधाईको लहर
बिहीबार, २८ वैशाख २०७४, १७ : ४३
सोल, बैशाख २८ – दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिएको छ ।
जापान, चीनलगायतका देशका नेताहरुले उनलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त गएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले मूनसँग २५ मिनेट फोनमा कुराकानी भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनका वरिष्ठ सञ्चार सचिवले जानकारी दिएको छ ।
कुराकानीका क्रममा उनीहरुले विगतमा दुई देशकाबीचमा भएका नराम्रा घटनाहरुलाई भुलेर नयाँ तरिकाले सहकार्य र परिवक्व संवन्ध बनाउने बारेमा छलफल गरेको छ ।
त्यसैगरी चीनका राष्ट्रपति सि जिनपिङले पनि मूनलाई बिहीबार फोनगरी बधाई दिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
दुई देशको कुटनीतिक संवन्धस्थापना भएको २५ बर्ष भएको र यसअवधिमा उल्लेख्य उपलब्धिहरु पनि भएको सिले बताएको छ।
नवनिर्वाचित राष्ट्रपति मूनलाई अन्य देशका नेताहरुले पनि टेलिफोनमार्फत् बधाई दिने क्रम चलिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण