बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जेष्ठ मसान्तसम्म दोस्रो किस्ता लिन प्राधिकरणद्वारा भूकम्पपीडितलाई आग्रह

बिहीबार, २८ वैशाख २०७४, १७ : ४८
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, बैशाख २८–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुस मसान्तसम्म निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिइसकेका भूकम्पपिडित लाभग्राहीलाई आगामी जेष्ठ मसान्तसम्म दोस्रो किस्ता लिने प्रक्रिया शुरु गर्न अनुरोध गरेको छ । निजी आवास निर्माणका लागि आवश्यक रकम जिल्लामा पठाइसकेकाले भूकम्प पिडित लाभग्राहीलाई जतिसक्दो छिटो दोस्रो किस्ता भुक्तानीका लागी आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो । पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता लिन आवेदन दिने लाभग्राहीको सख्ंया अपेक्षाकृत रुपमा बढ्न नसकेपछि प्राधिकरणको कार्यकारी समितिको बैठकले समय तोकेरै भूकम्पपिडित लाभग्राहीलाई दोस्रो किस्ता लिने प्रक्रिया शुरु गर्न आग्रह गरेकोे प्रवक्ता यमलाल भूसालले बताए । अनुदान बितरणका लागि १५ अर्ब रुपैया विभिन्न जिल्लामा तयारी अवस्थामा रहेको भूसालले जानकारी दिए । भूकम्प अतिप्रभावित १४ जिल्लाका ४ लाख ५२ हजार ४ सय ९० घरधुरीले पुसमै पहिलो किस्ताको अनुदान लिइसकेका थिए । तर, पहिलो किस्ता लिएको अनुपातमा लाभग्राहीले घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिन पहल नगरेकाको प्राधिकरणको भनाई छ । यसअघि, प्राधिकरणले पहिलो किस्ता लिएका घर परिवारलाई मापदण्डअनुसार जग राखी यथाशीघ्र दोस्रो किस्ता लिन अपिल गरेको थियो भने मापदण्ड र प्रक्रिया पुरा गरि घर पुनर्निर्माण सम्पन्न गर्ने लाभग्राहीलाई एकमुष्ट अनुदान दिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप