बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सामाखुसीमा प्रहरी भेट्टाएको १ लाख रुपैयाँ कस्को ?

बिहीबार, २८ वैशाख २०७४, १८ : २३
बिहीबार, २८ वैशाख २०७४

वैशाख २८, काठमाडौं– सामाखुशी स्थित नेपाल प्रहरी संगीत विद्यालय अगाडी एक लाख नेपाली रुपैयाँ फेला परेको छ । गत वैशाख १४ गते नियमीत ड्युटीका क्रममा प्रहरी हवल्दार शुरेसराम दमाईले उक्त रकम फेला पारेका थिए ।

संगित विद्यालयको मुलगेट नजिकै फेला परेको रकम बारे जानकारी दिँदै महानगरीय प्रहरी कार्यालयले प्रमाण सहित उक्त रकम लिनका लागी सम्पर्क गर्न आग्रह गरेको छ ।

‘नेपाल क्रेडीट एण्ड कमर्श बैंकको ट्याग लागेको १ लाख रुपैयाँ फेला परेको छ’ महानरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) पुर्णचन्द्र जोशिले भने, ‘जस्को रकम हो, उहाँले प्रमाण सहित राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सम्पर्क गर्न सक्नुहुन्छ ।’

वैशाख १४ गते करिब ३ बजे एक लाखको गड्डी फेला पारेका प्रहरी हवल्दार सुरेश राम दमाईले उक्त रकम राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा बुझाएका थिए । सुरेशराम राष्ट्रिय प्रहरी प्रतिष्ठानमै कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप